पोखरा, भदौ २४ । एम्नेस्टी इन्टरनेसनल नेपालको २५औं साधारणसभा शुक्रबारदेखि पोखरामा सुरु भएको छ ।
साधारणसभाको उदघाट्न गर्दै पूर्वराष्ट्रपति डा. रामवरण यादवले पछिल्लो समयमा दलका नेताहरु पदका लागिमात्रै लागिपरेको आरोप लगाए ।
तीन दिनसम्म चल्ने साधारणसभा तथा अधिवेशनमा संस्थाको वार्षिक तथा आर्थिक प्रतिवेदन र आगामी वर्षको योजनामाथि छलफल हुनेछ ।
नेपालको वर्तमान मानवअधिकारको अवस्था, आप्रवासी कामदारको अधिकारी र रोम विधानसम्बन्धी विभिन्न प्रस्तावमा छलफल गरिने र आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गरिनेछ ।
साधारणसभामा ६६ ओटा समूहबाट २/२ जना प्रतिनिधि तथा पर्यवेक्षकहरु गरी १८० बढीको सहभागिता रहेको छ ।
एम्नेस्टी इन्टरनेसनल नेपालको नेतृत्व लिन राजन कुँइकेल, भवानी खरेल र उत्तम सापकोटाको उम्मेदवारी परेको छ । कुइँकेल यसअघि संस्थाको उपमहासचिवसमेत हुन् ।
कुइँकेल डेढ दशकदेखि पत्रकारिता र मानवअधिकारको क्षेत्रमा सक्रिय छन् ।









प्रतिक्रिया दिनुहोस्