बस र ट्रक ठोकिँदा चालकको मृत्यु, २० जना घाइते • Image Khabar Image Khabar


बस र ट्रक ठोकिँदा चालकको मृत्यु, २० जना घाइते


Imagekhabar
२५ भाद्र २०७३, शनिबार १५:५९

बस र ट्रक ठोकिँदा चालकको मृत्यु, २० जना घाइते

अपडेट

चितवन, भदौ २५ । पूर्वपश्चिम राजमार्गअन्तर्गत् राप्ती नगरपालिका–३ पिप्लेमा शनिबार बिहान ७ः१५ बजे बस र ट्रक एकापसमा ठोकिँदा ट्रक चालकको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

ट्रकका चालक बारा, गन्डकका ३० वर्षीय हेमन्त खड्काको ट्रकमा च्यापिएको अवस्थामा उद्धार गरेर अस्पताल ल्याइएकामा उपचारकाक्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ ।

दुर्घटनामा दुबै ट्रक र बसमा सवार चालक, सहचालक र यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार काठमाडौंबाट वीरगन्ज जाँदै गरेको ना५ख ३७४३ नम्बरको बस र नारायणगढतर्फ आउँदै गरेको ना६ख ६७९३ नम्बरको ट्रक ठोकिँदा सो दुर्घटना भएको हो । ट्रकको अगाडिका दुबै पांग्रा ‘पन्चर’ भएपछि बसमा ठोक्किन पुगेको थियो ।

प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरकाअनुसार ट्रकको पछाडिबाट आउँदै गरेको ना४ख ८३३४ नम्बरको अर्काे ट्रकसमेत अघिल्लो ट्रकमा ठोक्किएको थियो ।

घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । तीमध्ये बारा, कलैयाका ३६ वर्षीय लालबाबु मिया अन्सारी र मधुपुरका २५ वर्षीय सन्देश चौधरी, भारत समरनपिपुरका ३० वर्षीय अशोक गोढाध, भारत रक्सौलका १९ वर्षीय वीर सिंह र अर्काे एक गम्भीर घाइतेको नाम ठेगाना नखुलेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्