१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


‘काठमाडौंमामात्र प्रत्येक वर्ष ७० हजार सवारी–साधन थपिन्छ’, हाछेथु सम्मानित


0
Shares

काठमाडौं, भदौ २५ । ‘घर–घरमा ट्राफिक सन्देश’ भन्ने नाराकासाथ रोटरी क्लब अफ सैंबुु र आवास क्षेत्र सैंबुले ट्राफिक चेतना अभियान सुरु गरेका छन् ।

ललितपुरमा शनिबार गरिएको अभियानको उद्घाटन महानगरीय ट्राफिक प्रहरीका प्रमुख प्रकाश अर्यालले गरे ।

अभियानकाक्रममा सवारीचालकलाई सडक सुरक्षा, यातायात चलाउँदा ध्यान दिनुपर्ने कुरा र ट्राफिक शिक्षाबारे जानकारी दिइएको छ ।

त्यसक्रममा ट्राफिक प्रहरी प्रमुख अर्यालले राजधानीमा बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने उपायकोबारेमा जानकारी दिए ।

उनले दुर्घटना न्यूनीकरण गर्नु सबैको साझा दायित्व भएकाले अभियानमा साथ दिनुपर्ने बताए ।

अर्यालले काठमाडौंमामात्र प्रत्येक वर्ष ७० हजार सवारी–साधन थप हुने गरेको भन्दै त्यसअनुसारको पूर्वाधार विकास नभएकोमा चिन्ता व्यक्त गरे ।

कार्यक्रममा ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथु र सडक नियम पालना गर्ने ‘उत्कृष्ट’ सवारीचालकलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सडक सुरक्षा, दुर्घटनाबाट बच्ने उपाय, सडक दुर्घटनाबाट हुने क्षतिकाबारेमा तयार पारिएको वृत्तचित्रसमेत प्रस्तुत् गरिएको थियो ।