‘इमेज लोक कलाकार’को पोखरा अडिसनमा २६ जना छानिए • Image Khabar Image Khabar


‘इमेज लोक कलाकार’को पोखरा अडिसनमा २६ जना छानिए


Imagekhabar
२६ भाद्र २०७३, आईतवार ०२:३७

‘इमेज लोक कलाकार’को पोखरा अडिसनमा २६ जना छानिए

पोखरा, भदौ २५ । उत्कृष्ट २६ प्रतियोगीलाई चयन गर्दै ईमेज च्यानलले आयोजना गरेको लोक गीत गायनको वृहत प्रतियोगिता ‘इमेज लोक कलाकार’ को पोखरा अडिसन सम्पन्न भएको छ ।

शुक्रबारबाट पोखराको होटल जलमहलको चचहुई फन पार्कमा सुरु भएको अडिसनमा २ सय भन्दा बढी प्रतियोगीले आफ्नो लोक गायन कला प्रस्तुत गरे्का थिए ।

जसमध्ये शुक्रबार १५ जना र आज ११ जना गरी २६ जनाले अर्को राउन्डमा प्रबेश पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्