२५ कार्तिक २०८१, आइतबार | Sun Nov 10 2024


प्रसाई दम्पतिलाई भारती खरेल पुरस्कार


0
Shares

काठमाडौं, भदौ २६ ।  भारती खरेलको स्मृतिमा स्थापित २०७३ सालको साहित्य साधना क्षेत्रको भारती खरेल पुरस्कार साहित्यकार श्री नरेन्द्रराज प्रसाई तथा श्रीमती इन्दिरा प्रसाईलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । ताम्रपत्र सहित यस पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको छ ।

नेपाली भाषा, साहित्यको विकास, विस्तार र सम्वर्धनका अतिरिक्त साहित्य सिर्जना, समीक्षा र सम्पादनका साथै नइ प्रकाशन र त्रिमूर्ति निकेतनको स्थापनाका साथै यसका माध्यमबाट देश, विदेशमा नेपाली भाषा साहित्यको प्रचार, प्रसार र स्तरोन्नतिमा पुर्याएको उल्लेखनीय योगदानको सम्मानार्थ प्रसाई दम्पतिलाई भारती खरेल पुरस्कार प्रदान गरिएको  भारती खरेल स्मृति प्रतिष्ठानले बताएको छ ।

भारती खरेल प्रतिष्ठानका उपाध्यक्ष श्री शैलेन्द्र साकारको अध्यक्षतामा  बसेको बैठकले नइलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । भारती खरेलको ७९ औं जयन्तीका अवसरमा आगामी मङ्सिर १६ गते यो पुरस्कार प्रदान गरिने छ ।

भारती खरेल पुरस्कारबाट यसअघि सर्वश्री डायमन शमशेर, पं ज्योतिप्रसाद गौतम, केशवराज पिंडाली, गोपालनिधि तिवारी, माधुरी भट्टराई, प्रा।डा। चूडामणि बन्धु, प्रा.डा.केशवप्रसाद उपाध्याय, प्रा। जगन्नाथ त्रिपाठी, कृष्णप्रसाद पराजुली, प्रा. शिवगोपाल रिसाल र परशु प्रधान पुरस्कृत भइसक्नु भएको छ ।