कांग्रेसका मन्त्रीहरुलाई सभापति देउवाले दिए निर्देशन • Image Khabar Image Khabar


कांग्रेसका मन्त्रीहरुलाई सभापति देउवाले दिए निर्देशन


Imagekhabar
२६ भाद्र २०७३, आईतवार १९:४४

कांग्रेसका मन्त्रीहरुलाई सभापति देउवाले दिए निर्देशन

काठमाडौं, भदौ २६ । नेपाली कांग्रेसले संयुक्त सरकारको भावनाअनुरुप जनताको पक्षमा प्रभावकारी काम गर्न पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरुलाई निर्देशन दिएको छ ।

सभापति शेरबहादुर देउवाले आज सरकारमा सहभागी मन्त्रीहरुलाई आफ्नै निवास बुढानीलकण्ठमा बोलाएर विवादरहित तरीकाले काम गर्न निर्देशन दिए । उनले जनताले प्रत्यक्ष अनुभूति गर्ने खालका काम गर्नसमेत मन्त्रीहरुलाई निर्देशन दिए ।

पार्टी सभापति र मन्त्रीहरुबीच भएको छलफलमा सरकारले गर्ने नियुक्तिलाई विवादरहित बनाउन, कामलाई प्रभावकारी बनाउने र संविधान कार्यान्वयनलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा कुराकानी भएको शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले जानकारी दिए ।

संयुक्त सरकारको उद्देश्यलाई पूरा गर्न गठबन्धनलाई बलियो बनाउने विषयमा पनि छलफल भएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्