
काठमाडौं, भदौ २६ । एमाले उपाध्यक्ष भीम रावलले आफूहरु संविधान संशोधनबारे छलफल गर्न तयार रहेको तर यसमा विदेशी चासो बढाउने काम भने गर्न नहुने बताएका छन् ।
राजधानीमा आज आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री दाहालको भारत भ्रमणमा आन्तरिक मामिलामा विदेशी चासो बढ्ने गरी भारतसँग कुरा गर्न नहुने प्रष्ट पारे ।
प्रधानमन्त्री दाहाललाई भारत भ्रमणको क्रममा नेपालको साधनस्रोत र जलस्रोतको उपयोगमा राष्ट्रिय हित कुण्ठित नहोस् भन्ने विषयमा सतर्क रहन पनि उनले सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस्