राहदानी, नागरिकता र डायरीसहित मानव कंकाल फेला • Image Khabar Image Khabar


राहदानी, नागरिकता र डायरीसहित मानव कंकाल फेला


Imagekhabar
२६ भाद्र २०७३, आईतवार २३:२८

राहदानी, नागरिकता र डायरीसहित मानव कंकाल फेला

उदयपुर, भदौ २६ । उदयपुरको बेलटार–बसाहा नगरपालिका वडा नम्बर– २ को दुर्गा मन्दिर चौरमा एउटा मानव कंकाल फेला परेको छ ।

टाउको, करङ र खुट्टामात्र रहेको कंकाल बेलटार–बसाहा नगरपालिका वडा नम्बर–२ का १८ बर्षीय संजीव साहको भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा संजीव साह लेखिएको राहदानी, नागरिकता, एसएलसी प्रमाण पत्र र संजीव साहको डायरी फेला परेको प्रहरीले जनाएको छ ।

साह गत साउन ३२ गतेदेखि सम्पर्कबिहीन रहेका थिए । कंकालबारे थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बेलटारका प्रहरी निरीक्षक भीमप्रसाद सिलवालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्