तरुण दलको महाधिवेशन असोज ३ देखि पोखरामा • Image Khabar Image Khabar


तरुण दलको महाधिवेशन असोज ३ देखि पोखरामा


Imagekhabar
२७ भाद्र २०७३, सोमबार ००:०३

तरुण दलको महाधिवेशन असोज ३ देखि पोखरामा

काठमाडौं, भदौ २६ । नेपाल तरुण दलको चौथो महाधिवेशन असोज ३ देखि ५ सम्म पोखरामा हुने भएको छ ।

तरुण दलले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी संगठनको चौथो महाधिवेशन असोज ३ देखि ५ सम्म पोखरामा गर्ने निर्णय गरेको जानकारी दिएको हो ।

महाधिवेशनका लागि तरुण दलका जिल्ला अधिवेशनहरु भदौ मसान्तभित्र सम्पन्न गरी केन्द्रीय कार्यालयमा जिल्ला अधिवेशनको प्रतिवेदन अनिवार्य रुपमा बुझाउन सबै केन्द्रीय प्रतिनिधि र जिल्ला अध्यक्षहरुलाई निर्देशन पनि जारी गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्