
काठमाडौं । आगामी बैशाख १३ गतेदेखि प्रर्दशनमा आउन लागेको चलचित्र ‘कालो वर्ष’को टिजर सार्वजनिक भएको छ ।
मंगलबारएक कार्यक्रमका बीच टिजर सार्वजनिक गरिएको हो ।
चलचित्रमा दैविक प्रकोपको कारण भोग्नु पर्दाको समस्याहरुलाई उजागर गरिएको कलाकार पवन भट्टराईले जानकारी दिए ।
लक्षु गौतमले निर्देशन गरेको चलचित्रमा ओकेश पनेरु, अनुपा खड्का र पवन भट्टराईको मुख्य भूमिका रहेको छ ।
चलचित्रको कथा ओकेश पनेरुले नै लेखेका हुन् । योगेन्द्र पनेरु, राम खड्का र श्याम खड्का निर्माता रहेको चलचित्रमा खेम सारु मगरले संगीत भरेका छन् ।
त्यस्तै, अन्जु पन्त र विशाल निरौलाले गीतमा स्वर दिएका छन् ।
पत्रकार सम्मेलनमा निर्माता योगेन्द्र पनेरुले सबैको साथ र सहयोगबाट चलचित्र बनाउन सफल भएको प्रतिक्रिया दिए ।
निर्देशक लक्षु गौतमले उक्त चलचित्र आफ्नो पहिलो चलचित्र भएको जानकारी दिर्इन् ।
उनले भनिन्,‘मैले निर्देशन गरेको यो पहिलो चलचित्र हो, म आशावादी छु । दर्शकहरुले हलसम्म गएर हाम्रो चलचित्र हेरेर समिक्षा गरिदिनु हुनेछ ।’
नायक ओकेश पनेरुले चलचित्र दर्शकले रुचाउने दाबी गरे । उनले भने,‘हामीले यो चलचित्रमा निकै मेहनत गरेका छौं । निकै गाह्रो भूमिकामा मैले मेहनतका साथ काम गरेको छु ।’
नायिका अनुपा खड्काले छायांकनको क्रममा सोलुखुम्बुमा बिरामी भएको सम्झिँदै आफ्नो मेहनतको प्रतिफल पाउने बताईन् ।
पत्रकार सम्मेलनमा खलनायकको मुख्य भूमिकामा रहेका पवन भट्टराईले चलचित्रमा आफूहरुको टिमले निकै मेहनत गरेको बताए ।
नेपाली गाउँ, समाजमा घट्ने घट्नाहरुलाई चलचत्रिमा मुख्य विषयवस्तु बनाइएको पनि उनले बताए । उनले भने, ‘यो चलचित्रमा भुकम्पपछिको कथावस्तु बनाईएको छ ।’
?wmode=opaque&theme=dark”” frameborder=””0″” allowfullscreen>
“
प्रतिक्रिया दिनुहोस्