संविधानमा जनताले दिएका रायसुझावको विवरण माग गर्दै संसद सचिवालयमा निवेदन दर्ता • Image Khabar Image Khabar


संविधानमा जनताले दिएका रायसुझावको विवरण माग गर्दै संसद सचिवालयमा निवेदन दर्ता


Imagekhabar
२७ भाद्र २०७३, सोमबार ०१:२३

संविधानमा जनताले दिएका रायसुझावको विवरण माग गर्दै संसद सचिवालयमा निवेदन दर्ता

काठमाडौं, भदौ २६ । नेपाल पत्रकार महासंघका पूर्व सभापति विष्णु निष्ठुरीले संविधान निर्माणका क्रममा सबै निर्वाचन क्षेत्रबाट संकलन गरिएको जनमतको विवरण माग गर्दै व्यवस्थापिका–संसद् सचिवालयमा निवेदन दर्ता गराएका छन् ।

पूर्व सभापति निष्ठुरीले आइतबार संसद् सचिवालय सिंहदरबारमा संसद्का महासचिवलाई सम्बोधन गर्दै ‘जानकारी उपलब्ध गराइदिनु हुन’ भन्दै निवेदन दर्ता गराएका हुन् ।

दोस्रो संविधानसभाले जनताका भावनालाई समेट्ने उद्देश्यले संविधानसभा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिबाट संविधानको विधेयकको पहिलो मस्यौदामा समेट्ने गरी ७५ वटै जिल्लाका २४० निर्वाचन क्षेत्रबाट सुझाव सङ्कलन गरिएको थियो ।

जनताका प्राप्त राय सुझाव संविधानसभा कार्यविधि नियमावलीअनुसार संविधानको विधेयकको मस्यौदामा समावेश भए÷नभएकाबारे जानकारी पाउनुपर्ने माग गर्दै निष्ठुरीले निवेदन दर्ता गराएका हुन् ।

संसद्ले जनमत परिणामबारे आजसम्म पनि सार्वजनिक नगरेको हुँदा त्यसबारे थाहा पाउने अधिकार जनतालाई भएको पूर्व अध्यक्ष निष्ठुरीको भनाइ छ । (रासस)

प्रतिक्रिया दिनुहोस्