Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


शहरी विकास मन्त्रीले ल्याए २५ बुँदे भावी कार्ययोजना


0
Shares

काठमाडौं, भदौ २६ । शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले आफूले गर्ने कामको कार्यतालिका सार्वजनिक गरेका छन् ।

आईतबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी उनले २५ बुँदे कार्ययोजना पेश गरेका हुन् ।

उनले भवनसंहिता पालनलाई प्राथमिकतामा राखेर तत्कालै राजपत्रमा प्रकाशित गर्ने जनाए । राष्ट्रको समग्र शहरी विकासको संरचना, विकास र लगानी संघीय संरचना समेतलाई केन्द्रीतगरी राष्ट्रिय शहरी विकास रणनीति तय गर्ने, राष्ट्रिय भवन संहिता प्रभावकारी कार्यान्वयनको लागि तत्कालै कार्ययोजना तर्जुमा गर्ने र नेपाल राजपत्रमा प्रकाशित गर्ने, तदनुरूप दृढतापूर्वक कार्यान्वयन गर्न कार्ययोजना पेश गर्ने लगायतका २५ बुँदे कार्ययोजना पेश गरेका हुन् ।

उनले पहिलो चरणमा नीतिगत काम गर्ने र त्यसपछि कार्यान्वयनको प्रक्रियामा अघि बढ्ने जनाए । गाउँ र सहरको विकासलाई बराबरी प्राथमिकता दिइ आधारभूत आवश्यक्ताहरु पुरा गर्दै लैजाने उनले प्रतिबद्धता जनाए ।

मन्त्री बनेको एक महिना पनि नहुँदै २५ वटा कामको तालिका बनाएर अघि बढेका मन्त्री केसीले एकिकृत विकासका लागि नियम, कानुन, निर्देशिका जे–जे बनाएर हुन्छ काम गरेरै जनताको मन जित्ने प्रतिबद्धता जनाए ।