काठमाडौं, चैत २६ । अघिल्ला दुई दिन बढेको पुँजी बजारमा मंगलबार गिरावट आयो ।
उतार–चढावबीच यसदिन सेयरबजार परिसूचक नेप्से १० अंकले झरेर ११ सय ८१ मा आइपुग्यो ।
कारोबार भएका सबै समूहमा गिरावट आएसँगै नेप्से ओर्लिएको हो ।
यसदिन निर्जीवन बिमा समूहमा सबैभन्दा उच्च ८६ अंकको गिरावट आयो । उत्पादनमूलक, लघुवित्त र जीवनबिमा समूहमा पनि दोहोरो अंकको गिरावट आयो ।
यसदिन १७० कम्पनीका २७ लाख ८८ हजार कित्ता सेयर ७३ करोड ५१ लाख रुपैयाँ बराबरमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्