२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


बढी यात्रु बोक्ने गाडी र चालकलाई कडा कारबाही गर्ने नियम ल्याउँदैछौं : मन्त्री लेखक


0
Shares

काठमाडौं, भदौ २७ । भौतिक पूर्वाधार तथा यातयात व्यवस्थामन्त्री रमेश लेखकले क्षमताभन्दा बढी यात्रु बोक्ने गाडी र त्यसका चालकलाई कडा कारबाही गर्ने गरी नियम ल्याउन लागेको बताएका छन् ।

काठमाडौंमा सोमबार रिपोर्टस् क्लबले गरेको कार्यक्रममा मन्त्री लेखकले सिट क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी–साधनको ६ महिनासम्म रुट खारेज गर्ने तथा चालकको लाइन्सेन्स ६ महिना निलम्बन गर्ने गरी सवारी ऐन संशोधन गर्न लागिएको बताए ।

पछिल्लो समयमा चालक तथा सवारी–साधनको लापरबाहीका कारण सडक दुर्घटना बढेको भन्दै उनले यातयात क्षेत्रमा देखिएका विकृति र विसंगति हटाउन आफूले जनताले अनुभव गर्नसक्ने गरी काम गर्ने वचन दिए ।

मन्त्री लेखकले योपटकको दसैंमा यात्रा गर्ने यात्रुहरुको सुरक्षालाई ध्यानमा राख्दै सरकारले प्रभावकारी यातयात सन्चालनका लागि सम्बन्धित पक्षलाई निर्देशन दिइसकेको पनि बताए ।