फाइल फोटो
सुनसरी, भदौ २८ । पूर्वी पहाडी जिल्लामा वर्षा नरोकिएपछि सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ ।
यो सँगै कोसी ब्यारेजमा खतराको संकेतस्वरुप रातो बत्ती बालिएको छ । सप्तकोसी नदीमा पानीको बहाव यो वर्षकै उच्च पुगेको छ ।
आइतबार बेलुकादेखि नै सप्तकोसिको पानीको बहाव बढ्न सुरु गरेको थियो ।
आज मापन गरिएअनुसार पानीको बहाव २ लाख ८४ हजार ७ सय १० क्युसेक पुगेको सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले बताए ।
कोसी ब्यारेजका ५६ मध्ये आज ३२ ढोका खोलिएको एसपी पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्