चट्याङ लागेर छोराको मृत्यु, आमा–छोरी घाइते • Image Khabar Image Khabar


चट्याङ लागेर छोराको मृत्यु, आमा–छोरी घाइते


Imagekhabar
२८ भाद्र २०७३, मंगलवार २२:२०

चट्याङ लागेर छोराको मृत्यु, आमा–छोरी घाइते

दाङ, भदौ २८ । चट्याङ लागेर मंगलबार दाङमा एकजनाको मृत्यु भएको छ भने अरु दुईजना घाइते भएका छन् ।

दाङ बाघमारे–३ पेघास्थित जुद्धकुमारी केसीको घरमा चट्याङ पर्दा उनका १६ वर्षीय छोरा पवन केसीको मंगलबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाइँले जानकारी दिए ।

प्रहरीकाअनुसार केसीको छाती, कम्मर र हात जलेको अवस्थामा राप्ती अञ्चल अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको हो ।

चट्याङबाट मृतक केसीका ३९ वर्षीया आमा जुद्धकुमारी र १८ वर्षीया दिदी रेणुका घाइते भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्