२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


प्रधानमन्त्रीको भारत भ्रमणमा खबरदारी


0
Shares

काठमाडौं, भदौ २८ । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणकाक्रममा दुई देशबीच समानताको आधारमा सम्बन्ध स्थापना गर्नुपर्ने, नेपालको हितमा हुने गरी सन्धि–सम्झौता गर्नुपर्नेलगायतका मागराख्दै ‘खबरदारी अभियान’ले काठमाडौंमा र्‍याली निकालेको छ ।

माइतीघरमन्डलाबाट सुरु भएको र्‍याली नयाँबानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

सभाका सहभागीले आर्थिकरुपमा कमजोर देश नेपालको हितमा हुने गरी प्रधानमन्त्रीको आसन्न भारत भ्रमणकाक्रममा सन्धि–सम्झौता गरिनुपर्ने, राष्ट्रिय हितलाई ध्यान दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका थिए ।