१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


आज राष्ट्रिय बाल दिवस मनाईंदै, बालश्रम र बेचविखन घटेन


0
Shares

काठमाडौं, भदौ २९ । आज राष्ट्रिय बाल दिवस । देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदै छ ।

‘सम्बद्र्धन बालअधिकारकोः कार्यान्वयन संविधानको’ भन्ने सन्देशसहित मनाउन लागिएको दिवसमा बालबालिकाको अधिकार रक्षार्थ कार्यरत विभिन्न संघ संस्था तथा विद्यालयहरुले अलग अलग कार्यक्रम आयोजना गरेका छन् ।

सरकारले भदौ २९ गतेलाई बाल दिवस घोषणा गरी चेतनामुलक कार्यक्रम संचालन गर्दै आएको छ ।

हरेक बर्ष बाल दिवस मनाइदै आए पनि बालबालिकाको अवस्थामा खासै सुधार हुन सकेको छैन ।

देशका विभिन्न स्थानमा बाल श्रम शोषणको घटना जारी रहेको, बालबालिकाको बेचविखन तथा विद्यालय जान नपाउने बालबालिकाको संख्या अझै धेरै रहेको अधिकारकर्मीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार, काठमाडौंमा रहेका सडक बालबालिकाको अवस्था पनि उस्तै रहेको छ ।

काठमाडौंसहित देशभर अहिले ५ हजारभन्दा बढी सडक बालबालिका रहेको तथ्यांक छ । जनगणना २०६८ अनुसार नेपालमा १६ वर्षसम्मका बालबालिकाको संख्या एक करोड पाँच लाख ४६ हजार रहेको छ ।