
काठमाडौं, भदौ २९ । आगामी फागुन अन्तिम साता काठमाडौंमा ‘मिस नेशनल आइकन’ हुने भएको छ ।
ब्राइट इन्टरटेनमेन्ट प्रा.लिको आयोजनामा नेपाली कला, संस्कार, संस्कृती, भाषा, भेषभूषा आदिको प्रवद्र्धन गर्ने तथा नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यले यस्तो प्रतियोगिता गर्न लागिएको कार्यक्रम संयोजक गणेश इशाराले जानकारी दिए ।
१६ बर्ष देखि २७ उमेर समुहका एसएलसी उत्तीर्ण अविवाहित महिला प्रतियोगितामा सामेल हुन पाउने छन् ।
विश्वभर छरिएर रहेका प्रतिभाशाली युवतीहरुले सहभागिता जनाउन पाउने प्रतियोगिताका लागि पुष २९ गतेसम्म आवेदन फाराम बुझाउन पाइने संयोजक इशाराले बताए ।
बाइस दिनको तालिम पछि माघको पहिलो साता आवेदकहरुलाई छनौट प्रतियोगितामा सामेल गराइने र फागुनको अन्तिम साता फाइनल प्रतियोगितामार्फत मिस नेपाल आइकन छनोट गरिने कार्यक्रम निर्देशक धनीराम राईले जानकारी दिए ।
प्रतियोगिताको फाइनल राउण्डमा फस्ट रनरअपलाई आकर्षक कार तथा अवार्ड वितरण गरिनेछ । त्यसबाहेक विभिन्न २० विधामा छनोट भएका उत्कृष्ट प्रतियोगिहरुलाई आकर्षक पुरस्कार र विभिन्न अवसरहरु प्रदान गरिने निर्देशक राईले बताए ।
प्रतिक्रिया दिनुहोस्