४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सदनमा पेस


0
Shares

                                                        फाइल फोटो

काठमाडौं, भदौ २९ । व्यवस्थापिका–संसदको बुधबारको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ पेस भएको छ । शिक्षामन्त्री धनिराम पौडेलले सदनमा उक्त विधेयक प्रस्तुत् गरेका हुन् ।

यसअघि, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ लाई प्रस्तुत् गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापामगरले प्रस्तुत् गरेको विरोधको सूचनालाई बैठकले अस्वीकृत गरेको थियो ।

त्यस्तै, बैठकमा सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले सहकारी विधेयक २०७३ प्रस्तुत् गरे ।

व्यवस्थापिका–संसदको अर्काे बैठक आगामी असोज ९ गते दिउँसो १ बजे बस्नेछ । रासस