
विराटनगर, भदौ २९ । मोरङमा १३ ओटा स्थानीय तह बनाउने सहमति जुटेको छ ।
स्थानीय राजनीतिक दल र प्राविधिक समितिबीच दुई दिनसम्म भएको छलफलपछि एक महानगरपालिका, सात नगरपालिका र पाँच गाउँपालिका बनाउने गरी सहमति जुटेको हो ।
प्रस्तावित मस्यौदा तत्काल आयोगलाई सिफारिस गर्ने प्राविधिक सहयोग समितिका सदस्यसचिव डम्वरुवल्लभ बरालले जानकारी दिए ।
स्थानीय तह पुनर्संरचनासम्बन्धी आयोगले मोरङलाई मोरङ १३ स्थानीय तहकै ‘सिलिङ’ दिएको थियो ।
२०६८ सालको जनजणनाअनुसार १० लाख जनसंख्या रहेको मोरङमा हाल एक उपमहानगरपालिका, सात नगरपालिका र ५० गाविस छन् ।
प्रतिक्रिया दिनुहोस्