
काठमाडौं, भदौ २९ । राष्ट्रिय बालदिवसको अवसरमा बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका सहभागी सडकबालबालिकाले आफूले भोग्दै आएका व्यथा सार्वजनिक गरेका छन् ।
नवजीवन नेपाल र मार्क नेपालले संयुक्तरुपमा गरेको कार्यक्रममा उनीहरुले विभिन्न बहानामा बालबालिकासम्बन्धी संघ–संस्थाले आफूहरुलाई ललाइ–फकाइ लगेको र विभिन्न आरोपमा दुर्व्यवहार गरी कुटपिट गर्ने गरेकाले फेरि सडकमा आउन बाध्य बन्नुपरेको गुनासो गरे ।
कार्यक्रममा मनोपरामर्शकक्षा सन्चालन गरी बालबालिकाको मानसिक परिवर्तनसम्बन्धी शिक्षा दिइएको थियो ।
कार्यक्रममा बालअधिकारको क्षेत्रमा कार्यरत् विभिन्न संघ–संसथालाई सडकबालबालिकाको दैनिकी निकै कस्टकर रहेकाले प्रभावकारी कदम चाल्न अनुरोध गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्