
अनिल तिवारी (इमेज)
वीरगन्ज, भदौ २९ । पर्साको पिडारी गुुठी गाविसको ओरियाखोलामा बुधबार सशस्त्र प्रहरी र भारतीय बालुवा तस्करबीच झडप भएको छ ।
झडपमा भारतीय तस्करहरुको आक्रमणमा परी दुईजना घाइते भएका छन् । भारतीहरुको ढुंगा प्रहारबाट सशस्त्र प्रहरीका हवल्दार राजकुमार माझी र पिडारी गुठीका प्रभु चौधरी घाइते भएका हुन् ।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड अश्रुग्यास प्रहार गरेको थियो ।
त्यसपछि भागेका तस्करहरु दिउँसो ३ बजेपछि भने ठूलो संख्यामा खोलामा आएको जनाइएको छ । भारतीय तस्करहरुको संख्या बढेपछि नेपाली सुरक्षाकर्मीहरु पछि हटेका छन् ।
स्थिति अनियन्त्रित हुने देखिएपछि त्यस स्थानबाट सशस्त्र प्रहरीलाई फिर्ता गरिएको र पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले भारतीय समकक्षीसँग संवादको प्रयास गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्