२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रहरीको गाडीलाई बसको ठक्कर, चार प्रहरीसहित १६ जना घाइते


0
Shares

दमौली, भदौ २९ । तनहुँको घाँसीकुवा गाविस–२ मा बुधबार बसले प्रहरीको भेनलाई ठक्कर दिँदा चार प्रहरीसहित १६ जना घाइते भएका छन् ।

बसको ठक्करले भेनमा रहेका प्रहरी सहायक निरीक्षक कृष्णकुमार श्रेष्ठ, प्रहरी जवान सन्तबहादुर गुरुङ, मैतबहादुर घर्ती र हरिबहादुर लामा घाइते भएका छन् ।

सोही दुर्घटनामा परी बसमा रहेका १२ जना यात्री घाइते भएका छन् । सामान्य अवस्थाका घाइते प्रहरीको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते हुने बसका दुई यात्रीलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको र सामान्य अवस्थाका अरु घाइतेको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मुग्लिनबाट पोखरा आउँदै गरेको ना५ख ४०३३ नम्बरको बसले भोर्लेटारबाट बेसीसहरतर्फ जाँदै गरेको बा१झ ७३७९ नम्बरको प्रहरीको भेनलाई उक्त ठाउँमा ठक्कर दिँदा उनीहरु घाइते भएका हुन् ।

बसचालकलाई नियन्त्रणमा लिइ प्रहरीले अनुसन्धान सुरु गरेको छ । रासस