विद्युत् प्राधिकरणको प्रमुखमा घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णय • Image Khabar Image Khabar


विद्युत् प्राधिकरणको प्रमुखमा घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णय


Imagekhabar
३० भाद्र २०७३, बिहीबार ०२:३९

विद्युत् प्राधिकरणको प्रमुखमा घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं, भदौ २९ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई नियुक्त गरेको छ ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरण प्रमुखमा घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

विद्युत् प्राधिकरणकै कर्मचारी घिसिङ चिलिमे हाइड्रोपावर कम्पनीको प्रबन्ध निर्देशक रहिसकेका व्यक्ति हुन् ।

प्राधिकरणका कार्यकारी प्रमुख प्रमुख मुकेश काफ्लेले पदबाट राजीनामा दिएपछि घिसिङलाई ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्