भारत भ्रमण विशुद्ध सद्भावना भ्रमणमा केन्द्रित : प्रधानमन्त्री • Image Khabar Image Khabar


भारत भ्रमण विशुद्ध सद्भावना भ्रमणमा केन्द्रित : प्रधानमन्त्री


Imagekhabar
३० भाद्र २०७३, बिहीबार ०३:०३

भारत भ्रमण विशुद्ध सद्भावना भ्रमणमा केन्द्रित : प्रधानमन्त्री

काठमाडौं, भदौ २९ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण विशुद्ध सद्भावना भ्रमणमा केन्द्रित हुने दाबी गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार टेलिभिजन सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री दाहालले विहीबारदेखि हुने भारत भ्रमणमा नयाँ सम्झौता गर्नेभन्दा पनि पुराना सहमति र सम्झौता कार्यान्वयनका लागि आफ्नो जोड रहने पनि बताए ।

नेपाल–भारतबीच चिसिएको सम्बन्ध सुधार्दै विश्वासको वातावरण बनाउनु भ्रमणको मुख्य उद्देश्य रहने भन्दै उनले संविधान कार्यान्वयनलगायतका विषय नेपालीका आफ्नै सरोकारको विषय भएकाले भारत भ्रमणसँग नजोड्न आग्रह पनि गरे ।

प्रधानमन्त्री दाहाल विहीबारदेखि चारदिने भ्रमणमा भारत जान लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्