महेन्द्र राजमार्गमा छाडा चौपायले सवारी दुर्घटना बढ्यो(भिडियो हेर्नुहोस) • Image Khabar Image Khabar


महेन्द्र राजमार्गमा छाडा चौपायले सवारी दुर्घटना बढ्यो(भिडियो हेर्नुहोस)


Imagekhabar
३० भाद्र २०७३, बिहीबार १८:४२

महेन्द्र राजमार्गमा छाडा चौपायले सवारी दुर्घटना बढ्यो(भिडियो हेर्नुहोस)

-डिल्लीराज पन्त, ईमेज

कञ्चनपुर, भदौ ३० । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर क्षेत्र भित्रमा रहेका छाडा चौपायाले गर्दा पूर्व–पश्चिम महेन्द्रराजमार्ग क्षेत्रमा यातायात सञ्चालन गर्न सवारी चालकलाई समस्या भएको छ ।

छाडा चौपायाको कारण यस क्षेत्रमा दुर्घटनासमेत बढ्दै गएका छन् । कञ्चनपुरस्थित पूर्व–पश्चिम महेन्द्रराजमार्ग क्षेत्रमा छाडा चौपायाको कारण सडक दुर्घटना बढेको छ ।

ठुलो संख्यामा छाडा चौपायाहरु बथानका बथान रामार्गमा हिड्ने र जताततै बस्ने गरेकाले दुर्घटना बढेको हो ।

चौपायाले सडक नछोड्दा यातायातका साधनहरु रोकी सडकबाट चौपाया धपाएर यातायात संचालन गर्नु पर्ने अवस्था रहेको सवारी चालक बताउंछन ।

महेन्द्रनगर बसपार्कवाट सदुरपश्चिमको पहाडी जिल्लाहरु र पुर्वका जिल्लाका लागी दैनिक सयौंको संख्यामा सवारी साधनहरु आवत जावत हुने गर्दछन ।

तर, छाडाचौपाया व्यवस्थापन नहुंदा दुर्घटना समेत बढ्दै गएको स्थानीय बताउंछन ।

केही समय पहिले भिमदत्त नगरपालिकाले छाडा चौपायाहरुलाई संकलन गरी जिल्ला सदरमुकाम बाहिर जंगलमा लगी छोड्ने गरेको भए पनि छाडा चौपायाहरुको संख्या भने दिनप्रतिदिन बढ्दै गएको छ ।

छाडा चौपायाहरु हटाउनका लागी स्थानीय प्रशासनले पहल गर्नु पर्ने हो तर पछिल्लो समय कुनै पहल नगर्दा स्थानीय व्यवसायी देखी लिएर सर्वसाधारण समेत हैरान भएका छन् ।

भिमदत्त नगरपालिकाका कार्यालयले बजारका छाडा चौपायाको व्यवस्थापनको जिम्मा लिए पनि राजमार्गका छाडा पशुहरुको भने कतैवाट पनि उचित ब्यवस्थापन हुन नसक्दा समस्या हुंदै आएको छ ।

पछिल्लो समय बढ्दै गएका यातायातका साधनहरुले सडक दुर्घटनालाई न्युनिकरण गर्नुपर्ने अवस्थामा छाडा चौपायाका कारण हुने समस्याले थप चुनौती थपिएको छ ।

यसकारण पनि छाडा चौपायाबाट हुनसक्ने सडक दुर्घटनालाई न्युनीकरण गर्न सवै पक्षले समयमै ध्यान दिनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्