हुम्लामा हवाई भाडा वृद्धिको विरोध गर्दै धर्ना • Image Khabar Image Khabar


हुम्लामा हवाई भाडा वृद्धिको विरोध गर्दै धर्ना


Imagekhabar
२९ जेष्ठ २०७५, मंगलवार ०६:४९

हुम्लामा हवाई भाडा वृद्धिको विरोध गर्दै धर्ना

नृपराज हमाल (इमेज):

हुम्ला, जेठ २९ । हुम्लाको सिमकोटमा उडान गर्ने विमान कम्पनीहरुले जेठ १० गतेबाट नयाँ भाडादर लागू गरेको विरोधमा हुम्लाका नागरिक संगठनहरुले आन्दोलन सुरु गरेका छन् ।

पहिलो चरणको आन्दोलनअन्तर्गत् उनीहरुले मंगलबार स्थानीय तहमा धर्ना दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५४ प्रतिशत भाडा बढाउन स्वीकृति दिएपछि सरकारी र निजी विमान कम्पनीहरुले हुम्लाको सिमकोटदेखि नेपालगन्जसम्मको भाडा ५ हजार २९० बाट ७ हजार १९० रुपैयाँ बनाएका छन् ।

मंगलबारदेखि पाँच दिनको आन्दोलन घोषणा गर्दै उनीहरुले स्थानीय तहमा धर्ना दिएका हुन् ।

पहिलो चरणको आन्दोलनबाट माग सम्बोधन नभए कडारुपमा उत्रने चेतावनी पनि आन्दोलनकारीहरुले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्