१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


काठमाडौं उपत्यकाको ऐतिहासिक कुमारी रथयात्रा सुरु (भिडियो)


0
Shares

काठमाडौं, भदौ ३० । काठमाडौं उपत्यकाको ऐतिहासिक कुमारी रथजात्रा विहीबारदेखि सुरु भएको भएको छ ।

जीवितदेवी कुमारी, देवता गणेश र भैरवको बज्रयानी तन्त्र र वैदिक विधिबाट पूजा गरी सकेपछि रथजात्रा सुरु भएको हो ।

बसन्तपुरको कुमारी घरबाट सुरु भइ मरु, चिकं मुगल, न्हुःघ, लगनटोल, ब्रम्हटोल, जैसीदेवल, भीमसेनस्थान हुँदै रथजात्रा कुमारी घरमा तानिन्छ ।

विगतमा कुमारीप्रथाको विरोध गर्ने विद्यादेवी भण्डारीले विहीबार राष्ट्रपतिको हैसियतले कुमारी रथजात्रा अवलोकन गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीले सो अवसरमा जीवितदेवी कुमारी, देवता गणेश र भैरवको दर्शन गरी प्रसादसमेत ग्रहण गरेकी थिइन् ।

सो अवसरमा सभामुख, प्रधानन्यायाधीश, मन्त्रीगण, सुरक्षा निकायका प्रमुखहरु र विदेशी कुटनीतिक नियोगका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

साथै लाखे, पुलुकिसी, अष्टमातृका, आकासभैरव र किलागलमातृका नाचसमेत प्रदर्शन गरिएको थियो ।

हरेक वर्ष भाद्रशुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखामा पनि मनाउने गरिन्छ ।

भिडियो हेर्नुहोस्