४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


भूकम्पपीडितलाई भाकपा(मा)बाट ८ करोड बढी सहयोग


0
Shares

नयाँदिल्ली, भदौ ३० । प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपालका भूकम्पपीडितलाई राहत दिनका लागि भारतीय कम्युनिस्ट पार्टी(माक्र्सवादी)ले रु ८ करोड ४५ लाख रकम सहयोग गरेको छ ।

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री दाहालसँग विहीबार भएको भेटमा सो पार्टीका महासचिव सीताराम यचुरीले उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

नेपाली जनताको पीडामा भाकपा(मा)का तर्फबाट उपलब्ध गराइएको सहयोगप्रति प्रधानमन्त्रीले आभार प्रकट गरेका थिए ।

भेटका अवसरमा प्रधानमन्त्री दाहाल र महासचिव यचुरीबीच दुई देश र दुई पार्टीको सम्बन्धकाबारेमासमेत कुराकानी भएको थियो ।

यस्तै, प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रिय कांग्रेसका महासचिव डिपी त्रिपाठीबीच पनि विहीबारै भेटवार्ता भएको छ ।

सो अवसरमा नेपालको पछिल्लो राजनीतिक अवस्था, नयाँ सरकार गठन भएपछि सरकारले सुरु गरेका काम–कारबाही एवं आपसी हित र चासोकाबारेमासमेत कुराकानी भएको थियो । रासस