१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


शिक्षा ऐनमा सुधार गर्दैछौं : मन्त्री पौडेल


0
Shares

हेटौंडा, भदौ ३० । शिक्षामन्त्री धनीराम पौडेलले शिक्षा क्षेत्रलाई परिमार्जनसहित व्यवस्थित बनाउन शिक्षा ऐनमा सुधार गर्ने बताएका छन् ।

जिल्ला शिक्षा कार्यालय मकवानपुरको आयोजनामा विहीबार हेटौंडामा आयोजित कार्यक्रममा उनले शिक्षा मन्त्रालय शिक्षा सुधारमा लागिपरेको बताए ।

कार्यक्रममा मकवानपुर जिल्लामा १५ देखि ६० वर्ष उमेरका ९८ दशमलव ९७ प्रतिशत जनता साक्षर रहेको तथ्यांक प्रस्तुत् गरिएको थियो ।