Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


तीनजुरेमा आयोजक र प्रशासनको हर्कतः खल्लो मान्दै फर्किए विदेशी पर्यटक


0
Shares

-कविराज घिमिरे/ईमेज

धनकुटा । काठमाडौंको शक्तिपिक म्युजिक प्रालिले गुराँसको राजधानी तीनजुरे क्षेत्रमा बिदेशी पर्यटकलाई लक्षित गरि क्याम्पिङ्ग आयोजनाको तयारी गरेको थियो । 

तर अबान्छीत गतिबिधि हुनसक्ने भन्दै स्थानीय प्रशासनले कार्यक्रमलाई रोक लगायो । कार्यक्रमको लागि नेपाल आएका एकसय दुई देशका हजार भन्दा बढी पर्यटक त्यतिबेला समस्यामा परे जब गुराँसको राजधानी प्रवेश गर्नैलाग्दा चित्रे प्रहरीले उनीहरुलाई रोक्यो ।

स्थानीय मादी नगरपालिकासँग कार्यक्रमको लागि स्विकृती लिइ सोही गाँउपालिकाको बडा नम्बर एकमा कार्यक्रमको तय गरिएको थियो ।

कार्यक्रममा गुराँस अवलोकनसंगै योगा, मेडिटेसन, नेचर क्याम्पिङ्ग, लाइभ म्युजिकलगायतको कार्यक्रम तय गरिए पनि आयोजक शक्तिपिकलाई प्रशासनले कार्यक्रमको गलत अर्थ लगाउँदै कार्यक्रम नै गर्न नदिएको शक्ति पिक म्युजिक प्रालिका सञ्चालक सुबास केसीले जनाए ।

तर जिल्ला प्रशासन कार्यलय संखुवासभाले भने लागु पदार्थको प्रयोग, अश्लिल गतिबिधि, खुल्ला यौन व्यवहार जस्ता क्रियाकलाप हुन सक्ने भन्दै बिज्ञप्ती नै निकालेर कार्यक्रमलाई रोक लगायो ।

तर पनि कार्यक्रम होला भन्ने आशामै थिए सबै विदेशी पर्यटक । अन्तत आयोजक संस्थाका संचालक सुबास केसीलाइ संखुवासभा प्रहरीले हिरासतमा लियो र एकाएक उनीहरुको सपनासमेत तुसारापात भयो ।

निर्धारित कार्यक्रमको लागि आफूहरु यहाँसम्म आएपनि कार्यक्रम हुन नसक्दा उनीहरु खिन्न बने । पर्यटक धनकुटाको भेडेटार, हिले, सिदुवा, बसन्तपुर लगायतका बजारमा अलपत्र परे ।

अविरल बर्षामा समेत कतिपय पर्यटक टेन्ट टाँगेर खुल्ला चौरमै बस्न बाध्य भए । अन्तत: कार्यक्रम नहुने भएपछि उनीहरु खल्लो महसुश गर्दै त्यहाँबाट फर्कन बाध्य भए । त्यसमा अझ आयोजक संस्था र प्रशासनको गैर जिम्मेवारपनले थप मर्माहात बनायो ।

पर्यटकलाइ समस्या पर्दा त्यहाँ नत स्थानिय प्रशासनले नै सहजीकरण ग¥यो न पर्यटनको क्षेत्रमा काम गर्ने संस्थाहरुले नत प्रदेश सरकारले नै चासो दियो । कसैको ध्यान पुग्न सकेन त्यहाँ ।

यता  पर्यटक नेपाल भित्राएर निर्धारित स्थानसम्म पुग्न तथा निर्धारित कार्यक्रम गर्न नदिइँदा नेपालप्रति पर्यटकहरुको नकारात्मक सोच बढ्नेमा सो क्षेत्रका स्थानीय चिन्तित बनेका छन् । यस्तो गैरजिम्मेवारपनले नेपाल प्रति बिदेशी पर्यटकको सोच नकारात्मक बन्ने हिलेका होटल ब्यबसायी खगेन्द्र बिष्ट बताउँछन् ।

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष लिएर बिभिन्न कार्यक्रम अगाडी बढाइरहेको छ । तर यसरी भित्रिएका पर्यटकलाइ अलपत्र पार्दा नेपाल प्रति बिदेशी पर्यटकमा नकरात्मक धारणा पैदा हुनसक्ने चिन्ता बढेको छ ।