हतियारसहित आएर नेपालीको घर खानतलासी गर्ने चार भारतीय प्रहरी पक्राउ • Image Khabar Image Khabar


हतियारसहित आएर नेपालीको घर खानतलासी गर्ने चार भारतीय प्रहरी पक्राउ


Imagekhabar
३१ भाद्र २०७३, शुक्रबार १५:३१

हतियारसहित आएर नेपालीको घर खानतलासी गर्ने चार भारतीय प्रहरी पक्राउ

कञ्चनपुर, भदौ ३१ । हतियारसहित नेपाल प्रवेश गरेका भारतीय प्रहरी कञ्चनपुरमा पक्राउ परेका छन् ।

गएराति कञ्चनपुरको बेलौरी नगरपालिका–१४ भुडामा बर्दीमै हतियारसहित आएका ३ जना र सादा पोसाकका आएका एक जना भारतीय प्रहरी पक्राउ परेका हुन् ।

हतियारसहित आएका भारतीय प्रहरीले स्थानीय झुपबहादुर शाही र थिरबहादुर शाहीको घरमा मोटरसाईकल चोरेर ल्याएको भन्दै खानतलासी गर्ने र ज्यादती गर्न थालेपछि स्थानीयले उनीहरुलाई नियन्त्रणमा लिई प्रहरी चौकी बेल्डाडीमा बुझाएका हुन् ।

चारैजना भारतीय प्रहरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नियन्त्रणमा रहेको कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नैनसिंह कार्कीले जानकारी दिए ।

घटनाबारे गृहमन्त्रालयलगायत माथिल्ला निकायमा खबर गरिसकेको र माथिल्लो निकायको अनुमतिबाट मात्रै उनीहरुलाई छाडिने प्रवक्ता कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्