
झापा, भदौ ३१ । झापामा विषालु सर्पको जोखिम बढ्दै गएको छ । सर्पदंसबाट झापामा मात्रै बर्सेनि दुई हजारभन्दा बढी मानिस पीडित हुने गरेका छन् ।
उपचार गर्न आउनेको तथ्यांकले पनि झापा सर्पदंसको उच्च जोखिमयुक्त जिल्ला भएको देखिन्छ ।
नेपाली सेनाको प्रविधिक सहयोगमा सञ्चालित चारआली सर्पदंस उपचार केन्द्र र नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले सञ्चालन गरेको उपचार केन्द्रमा दैनिक १० जनाको हाराहारीमा सर्पदंसका बिरामी आउने गरेका छन् ।
चालु आर्थिक वर्षको पछिल्लो दुई महिनामा मात्रै सर्पदंस उपचार केन्द्र चारआली र नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको केन्द्रमा ६ सयभन्दा बढी सर्पदंसका विरामी उपचारका लागि आएका छन् ।
यी उपचार केन्द्रको तथ्यांकमा पछिल्लो तीन वर्षमा झापामा मात्रै सात हजार पाँच सयभन्दा बढीलाई सर्पले डसेको छ ।
प्रतिक्रिया दिनुहोस्