२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘उत्तर कोरियामा लोकतन्त्र बहाली गर’ भन्दै नेपालस्थित दूतावासमा विरोध


0
Shares

ललितपुर, भदौ ३१ । हरिहरभवनस्थित उत्तर कोरियाली दूतावासअगाडि शुक्रबार एकघन्टा धर्ना दिएको छ ।

उत्तर कोरियाले हालसालैमात्र गरिएको आणविक बम परीक्षणको विरोधस्वरुप ब्युटिफुल माइन्ड ग्रामीण क्लबहाउसको अगुवाइमा धर्ना कार्यक्रम गरिएको संस्थाका अध्यक्ष मुकुन्द सुवेदीले बताए ।

‘उत्तर कोरियामा लोकतन्त्र बहाली गर, मानवअधिकारको सम्मान गर’ भन्ने नारासहित प्लेकार्ड बोकेर धर्ना दिइएको थियो ।

‘हामी सधैं शान्तिका पक्षधर हौं, त्यसैले आणविक परीक्षणको विरोध गर्नु आवश्यक भएको’ अध्यक्ष सुवेदीले बताए । रासस