Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


कुमारी, गणेश र भैरवको रथयात्रा


0
Shares

काठमाडौं, भदौ ३१ । कुमारीजात्राको दोस्रो दिन शुक्रबार जीवितदेवी कुमारी, गणेश र भैरवको रथलाई कुमारीघरबाट निकालेर प्याफल, यट्खा, नरदेवी, बांगेमुढा, असन, इन्द्रचोक, मखनटोल घुमाएर पुनः हनुमानढोका कुमारीघरमा पुर्‍याइएको छ ।

रथयात्रासँगै लाखेनाच, पुलुकिसीनाच, अष्टमातृका, आकासभैरव र किलागलमातृका नाचसमेत प्रदर्शन गरिएको थियो ।