काठमाडौं, चैत २५ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा कोषमा दर्ता गर्ने समयावधि थपेको छ ।
सोमबार ग्रील तथा स्टील व्यवसायी महासंघको २५औं वार्षिक साधारणसभामा मन्त्रालयका सचिव महेश दाहालले रोजगारदातालाई कोषमा दर्ता गर्ने समय थपेर असार मसान्तसम्म पुर्याइएको बताएका हुन् ।
उनले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा आउने बताए ।
कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले सकारात्मक सोचका साथ अगाडि बढ्न सके समृद्धि हासिल गर्न धेरै समय नलाग्ने बताए ।
व्यवसायीहरुले उठाउँदै आएको लगानीमैत्री वातावरण बनाउन सबैको ध्यान जान आवश्यक रहेको पनि उनले बताए ।
महासंघका अध्यक्ष मोहन कटुवालले ग्रील तथा स्टील व्यवसायमा ११ हजार व्यवसायी रहेको र एक लाख ६० हजार रोजगार रहेको बताए ।
साना व्यवसायीको समस्या समाधानमा सरकारले ध्यान नदिएको गुनासो पनि उनले व्यक्त गरे ।
कार्यक्रममा महासंघले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठसहित विभिन्न सन्चारकर्मीलाई सम्मान गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्