Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


माछापुच्छ्रे बैंकले ल्यायो रेमिट्याप डिजिटल वालेट एप


0
Shares

काठमाडौं, चैत २५ । माछापुच्छ्रे बैंकले विदेशबाट रेमिट्यान्स पठाउने नेपालीहरुको सहजताका लागि रेमिट्याप मोबाइल वालेट सन्चालनमा ल्याएको छ ।

माछापुच्छ्रे बैंक, टाइम्स रेमिट र एएमभी टेल कम्पनीबीच त्रिपक्षीय सहकार्य भइ सोमबार एक कार्यक्रमकाबीच मोबाइल रेमिट्याप सार्वजनिक गरिएको हो ।

विदेशमा रहेका नेपालीहरुले पनि सहज र सस्तो मूल्यमै तुरुन्त आफ्ना परिवारहरुको खातामा पैसा पठाउन सक्ने सुविधा र नेपालको १० हजार ठाउँबाट रकम झिक्न सक्ने व्यवस्था रहेको बैंकले जनाएको छ ।

यो एपले प्रविधिको विकासमा सहयोग गर्नुका साथै वित्तीय साक्षरता पनि अभिवृद्धि गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले बताए ।

बैंकको देशभरि ९९ शाखाहरु रहेका छन् भने १२१ ओटा एटीएमहरु रहेका छन् ।