Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


अदुवाका परिकार बनाउने तालिम


0
Shares

पाँचथर, चैत २५ । पाँचथरको फालेलुङ गाउँपालिकाका महिलालाई अदुवाबाट विभिन्न परिकार बनाउने तालिम दिइएको छ ।

महिला जागरण संघ शाखा पाँचथर तथा फालेलुङ गाउँपालिकाको सहयोगमा तालिम दिइएको हो । अदुवाबाट जाम, सिरफ, क्यान्डी, तितौरा, अचार बनाउने तालिम दिइएको हो ।

अदुवाले भाउ नपाएर मर्कामा परेका कृषकलाई राहत पुर्‍याउने उद्देश्यले तालिम दिइएको आयोजक महिला जागरण संघ शाखा पाँचथरका अध्यक्ष मिना रिजालले जानकारी दिइन् ।

तीन दिने तालिममा १८ जना महिला सहभागी थिए । भाउ नआउँदा बारीमै कुहिने तथा खोल्सामा फालिने अदुवा प्रशोधन गरेर बिक्री गर्दा कृषकको जीविकोपार्जनमा सहज हुने संस्थाका कार्यक्रम संयोजक दिलिप चापाँगाईले बताए ।