बाग्लुङ । बाग्लुङको कालीका भगवतीको दर्शन गर्न तथा मेला हेर्न श्रद्धालुहरुको घुइँचो लाग्न थालेको छ ।
परम्परादेखि मनाइँदै आएको चैते दशैँ मेला यस वर्ष पनि लागेको छ । शनिबारदेखि सुरु भएको मेला बैशाख २ गतेसम्म चल्ने आयोजक बागलुङ भगवती गुठीले जनाएको छ ।
मेलाले बाग्लुङमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रसार प्रसार हुने, पर्यटकहरुको आगमनमा महत्वपूर्ण सघाउ पुर्याउने र सांस्कृतिक तथा बागलुङको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा पु¥याउने अपेक्षा गरिएको छ ।
मेलाको अवसरमा बाग्लुङका १० वटै स्थानीय तहमा रहेका कला संस्कृति तथा झाँकी प्रदर्शन गरिने बाग्लुङ भगवती गुठीका अध्यक्ष राजु खड्काले बताए ।
विगतका वर्षहरुमा ५ लाखसम्म बाह्य तथा आन्तरिक पर्यटक आउने गरेकोमा यस वर्ष ७ लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखेको बताइएको छ ।
मन्दिरमा आएका भक्तजनबाट पहिलो दिन नै ३ लाख ३८ हजार ३ सय ६० रुपैयाँ भेटी संकलन भएको जनाइएको छ ।
मेलामा भजन प्रतियोगिता, नौमति बाजा, लोक दोहोरी, भलिबल प्रतियोगितालगायतका कार्यक्रमहरुको आयोजना गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्