काठमाडौं, चैत २४ । रिद्धि सिद्धि सिमेन्ट बजारमा आएको छ । शंकर गु्रप र अम्बे गु्रपको सहकार्यमा उत्पादित रिद्धि सिद्धि सिमेन्ट आइतबारदेखि औपचारिक रुपमा बजारमा ल्याइएको हो ।
कम्पनीले आइतबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल र अम्बे ग्रुपका अध्यक्ष शोभाकर न्यौपानेले आफ्नो उत्पादन सार्वजनिक गरे ।
हेटौंडामा कम्पनी स्थापना गरी स्वदेशी १० अर्ब रुपैयाँको लागतमा सिमेन्ट उत्पादन सुरु गरेको अम्बे गु्रपका अध्यक्ष न्यौपानेले बताए । कम्पनीले हेटौंडा र चितवनस्थित आफ्नै चुनढुङ्गा खानीबाट दैनिक ३ हजार टन सिमेन्ट उत्पादन क्षमता पु¥याउने लक्ष्य राखेको रिद्धि सिद्धि सिमेन्टका निर्देशक आनन्द नेपालले बताए ।
रोबोटको प्रयोग गरी गुणस्तरीयतालाई ध्यान दिएको कम्पनीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्