काठमाडौं, चैत २४ । साताको पहिलो दिन आईतबार शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ ।
उतारचढावबीच शेयर बजार परिसूचक नेप्से १७ अंकले बढेर ११८२ विन्दुमा पुग्यो । वाणिज्य बैंक र विकास बैंक समूहमा दोहोरो अंकको सुधार आएसँगै नेप्से बढेको हो ।
वाणिज्य बैंक समूहमा २८ अंकको बृद्धि आयो भने विकास बैंक समूहमा पनि १५ अंकको सुधार आयो । निर्जीवन बिमा समूहमा भने सबैभन्दा उच्च १९ अंकको गिरावट आयो ।
यसदिन १६८ कम्पनीको १८ लाख ८७ हजार कित्ता शेयर ५४ करोड ३९ लाख बराबरमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्