११ भाद्र २०८२, बुधबार | Wed Aug 27 2025


ओपीडी सेवा बन्द हुँदा बिरामी अलपत्र


0
Shares

डडेल्धुरा, चैत २४। डडेल्धुरास्थित विशिष्ट सेवा प्रदान गर्ने डडेल्धुरा अस्पतालमा ओपीडी सेवा बन्द हुँदा बिरामीहरु अलपत्र परेका छन् ।

समायोजन विरुद्ध आन्दोलनरत चिकित्सकले सेवा बन्द गरेका हुन् । संघीय सरकारको मातहतमा रहेको यस अस्पतालमा कार्यरत १२ जना चिकित्सकमध्ये समायोजन मार्फत् १ जनामात्र रहेपछि आकस्मिक सेवा बाहेकका सेवा बन्द गरिएको चिकित्सकहरुले बताएका छन् ।

विशिष्ट सेवा प्रदान गर्ने पाँच अस्पतालमध्येको डडेल्धुरा अस्पतालमा टाढा टाढाबाट समेत बिरामीहरु जाने गर्दछन् ।