काठमाडौं, चैत २३ । पुष्प क्षेत्रका व्यवसायी तथा विज्ञहरुले पुष्प क्षेत्रमा थप अनुसन्धान गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपालमा रहेका विभिन्न स्थानीय प्रजातिका रैथाने वनस्पति र फूलको अनुसन्धान नभएका कारण पहिचानसमेत हुन नसकेकाले संघीय सरकारले अनुसन्धानमा जोड दिनुपर्ने उनीहरुले बताएका हुन् ।
नेपालमा पुष्प व्यवसायको सम्भावना भएपनि अनुसन्धान र प्रविधि प्रयोगको अभावमा यो क्षेत्र पछिपरेको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) अध्यक्ष कुमार कसजु श्रेष्ठ बताउँछन् ।
अन्य बाली उत्पादन नहुने ठाउँमा पनि पुष्पखेतीका लागि उपयुक्त हुने भएकाले स्थानीय सरकारले पनि सम्भावना पहिचना गरी ‘पकेट’ क्षेत्र नै घोषणा गर्नुपर्नेमा उनको जोड छ ।
पुष्प व्यवसायमा आत्मनिर्भर हुन नसकेकाले यस क्षेत्रमा लगानी बढाउनुपर्नेमा व्यावसायी तथा विज्ञहरुले सुझाव दिएका छन् ।









प्रतिक्रिया दिनुहोस्