काठमाडौं, असोज १२ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले संविधान कार्यान्वयन गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता भएको बताएका छन् ।
बुधबार राजधानीमा विजयादशमी तथा दीपावलीको अवसरमा आयोजित चियापानमा उनले स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचन सम्पन्न भएसँगै संविधान कार्यान्वयन हुने बताए ।
मधेस र जनजातिलाई अलग राखेर मुलुक अगाडि बढ्न नसक्ने भन्दै उनले मधेसी जनताको मागलाई चाँडो सम्बोधन गरिनुपर्नेमा जोड दिए ।
उनले राष्ट्रिय हितका लागि परिपक्व र सन्तुलित कुटनीति आवश्यक हुने पनि बतबाए ।
अर्को एक प्रसंगमा उनले राप्रपा र रापप्रा नेपालबीचको एकीकरण अहिलेकै अवस्थामा सम्भव नरहेको पनि स्पस्ट पारे ।









प्रतिक्रिया दिनुहोस्