
काठमाडौं, असोज १३ । नेपाल टेलिकमले दसैं, तिहार र छठका अवसरमा आफ्ना सेवाहरुमा विभिन्न छुटका अफर प्रदान गर्ने भएको छ ।
टेलिकमले असोज २२ देखि २९ गतेसम्म र कात्तिक १४ देखि २१ गतेसम्म एसएमएसमा ५० प्रतिशत छुट दिने भएको छ ।
टेलिकमले प्रतिएसएमएस १ रुपैयाँ शुल्क लिँदै आएकोमा उक्त अवधिमा ५० पैसा लिने भएको हो ।
यस्तै, टेलिकमले स्थानीय टेलिफोनमा थप १०० कल निःशुल्क, एडीएसएल/वाइम्याक्स/एफटीटीएच सेवामा ‘भ्यालिडिटी’ थप गर्ने, भ्वाइस कलमा १० प्रतिशत छुटका साथै यस अवधिमा डाटामा पनि केही छुटका अफर ल्याएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्