
सिन्धुली । पछिल्लो समय सिन्धुली, रामेछाप, दोलखालगायतका जिल्लाबाट गाईगोरु तस्करी बढ्न थालेको छ ।
जिल्लाका विभिन्न ग्रामीण बस्तीबाट तस्करीको शृंखला बढ्दै जाँदा पनि स्थानीय प्रशासनले चासो नदेखाएपछि दिन प्रतिदिन यस्तो कार्यले तीव्रता पाएको हो ।
त्यसमध्ये पनि तस्करीको ट्रान्जिट प्वाईन्ट सिन्धुलीलाई बनाएर वार्षिक रुपमा ८० हजारको संख्यामा गाई तथा गोरुहरु तराईतर्फ निकासी भइरहेका छन् ।
यससँगै ग्रामीण क्षेत्रमा गोरुको माध्यमबाट खेतीपाती गर्ने किसानहरु चिन्तित हुन थालेका छन् ।
राष्ट्रिय जनाबर भएको कारणले पनि गाईगोरु मार्न र अवैध व्यापार गर्न बर्जित छ ।
मुलुकी ऐन चौपायाको महलमा गाई र गोरु मार्नेमाथि ६ वर्ष जेल सजायको समेत व्यवस्था भए पनि निगरानी नहुँदा यो अवैध धन्दा रोकिएको छैन ।
प्रतिक्रिया दिनुहोस्