Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


आठ महिनामा मात्रै पानीको लागी ५ वटा मुद्दा दर्ता


0
Shares

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आर्थिक वर्षको ८ महिनामा मात्र १५ वटा पिउने पानीका उत्पादक विरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।

विभागले फागुन मसान्त सम्ममा मात्र जम्मा १ सय ३६ वटा मुद्दा दायर भएको मध्ये मिसावट तथा दुषित खाद्य पदार्थको उत्पादन तथा विक्रि वितरण गरेको कसुरमा २१ वटा मुद्दा दर्ता भएको विभागका महानिर्देशक संजिव कर्णले जानकारी दिए ।

यस अवधिमा २१ सय ८० पटक भएको अनुगमनबाट लेबल नभएका ४४ खाद्य वस्तुको आयात अनुमती रद्द गरिएको, तेल बिस्कुट लगायत १५ वटा वस्तुहरुको नमुना प्रतिकुल पाईएकाले अनुमती रद्द गरिएको पनि विभागले जनाएको छ ।

विभागले स्ट्रिट फुडको स्वच्छता अभ्यास सम्बन्धि निर्देशिका पनि छिट्टै कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको जनाएको छ ।  

 

Skip This