
रसुवा, असोज १६ । रसुवाको टिमुरेमा निर्माण गर्ने भनिएको सुख्खा बन्दरगाहको लागि घरजग्गा मुआब्जा वितरण आज(आइतबार)बाट सुरु गरिएको छ ।
आज प्रभावित क्षेत्रका २५ घरधुरीलाई मुआब्जा वितरण गर्न लागिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।
वैज्ञानिक तवरले मुआब्जा निर्धारण नभएको भन्दै प्रभावित क्षेत्रका बासिन्दाले लामो समयदेखि मुआब्जा लिन मानेका थिएनन् ।
सडकमा परेका जग्गाको सीमा निर्धारण नभएको तथा अन्य प्रक्रिया नपुगेका कारणले रोकिएको मुआब्जा वितरण प्रक्रिया पुगेसँगै प्रभावित क्षेत्रका बासिन्दाको निवेदन आएपछि वितरण सुरू गर्न लागिएको हो ।
मुआव्जा पाउने पीडितले प्रतिआना ४ लाखदेखि ६ लाखसम्म रकम पाउने छन् ।
मुआब्जा वितरण भएसँगै नेपाल सरकार बाणिज्य मन्त्रालयको नाममा जग्गा पास हुने हुँदा केही दिनमै घर टहरा हटाएर सुख्खा बन्दरगाह निमार्ण अघि बढाइने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
स्थानीयको २ सय रोपनीभन्दा बढी जग्गा बन्दरगाहको लागि लिइएको हो ।
प्रतिक्रिया दिनुहोस्