
हेटौंडा, असोज १६ । मदन भण्डारी राजमार्गअन्तर्गत हेटौंडा–कुलेखानी सडकखण्डको कुलेखानी–८ सुकौडा डाँडामा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध बनेको छ ।
हेटौंडा–कुलेखानी हुँदै काठमाडौं आउने तथा जाने यातायात सेवा बिहानै देखि ठप्प छ । राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथबाट यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडालगायत रौतहट, सर्लाही, वीरगन्जबाट सुमो जिप र माइक्रो गरी करिब ८ सय ५० सवारी साधन दैनिक काठमाडौंमा आवतजावत गर्ने गरेको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्